बझाङ : बझाङको बुंगलका एक जना डडेल्धुराबाट लागू औषध (चरेश) सहित पक्राउ परेका छन् । जिल्लाको अमरगढी नगरपालिका ८ मिटमार्ट मासु पसल नजिकबाट बझाङको बुंगल नगरपालिका ११ बस्ने ३५ बर्षीय धन बहादुर बोहरा पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार बोहरालाई ३ किलो ८ सय ४ ग्राम लागू औषध (चरेश) जस्तो देखिने कालो पदार्थ सहित बिहीबार साँझतिर पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजको साथबाट उक्त लागू औषध (चरेश) सहित १ थान मोबाईलफोन, १ थान आइटिएल कम्पनिको सादा मोबाईल, नेपाली रुपैयाँ २३,५३० र भारतिय रुपैयाँ २,६१० समेत फेला पारी रितपुर्वक बरामद गरि निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

 

प्रकाशित मिति : भाद्र२९,२०८०शुक्रबार

 

One thought on “लागू औषध चरेश सहित बझाङको बुंगलका एक जना पक्राउ”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

थप समाचार

राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय

बझाङ : मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको परामर्शअनुसार निर्वाचनको मिति तोकेको सरकारको प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

बजार पेट्रोलियम पदार्थको मूल्य वृद्धिको लागि फिर्ताको लागि आयल निगमले जनतालाई रातिदेखि लागू गर्ने गरि पेट्रोलियम पदार्थको मूल्य बढेको थियो। आज बसेको मन्त्रिपरिषद् बैठकले मूल्य वृद्धि फिर्ता लिन आयल निगमलाई

अछामको बुढीगंगा नदिमा बेवारिसे शव फेला

बझाङ – अछामको बुढीगंगा नदिमा बेवारिसे शव फेला परेको छ ।जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ७ मेलसैनस्थित बुढीगंगा नदिमा मंगलवार बिहान बेवारिसे शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय