बझाङ जिल्ला बुङ्गल नगरपालिका वाड नम्बर ७ को डाडागाउँ टोल र लुङ्गडा टोलको सिमाना मा रहेको डाडागाउँ आधारभूत स्वास्थ्य एकाई दुई महिना देखि बन्द रहेको छ ।
उक्त डाडागाउँ आधारभूत स्वास्थ्य एकाई मा दुई महिना पहिले सम्म एक जना डाक्टर नारद प्रशाद जोशी कार्यरत थिए । उनी अहिले खर्काबगड आधारभुत स्वास्थ्य एकाईमा निक्ति भए देखि डाडागाउँ आधारभूत स्वास्थ्य एकाई बन्द भएको छ ।
डाडागाउँ आधारभूत स्वास्थ्य एकाई भवन २०७७ सालमा १८ लाख को लगानी मा बनेको स्वास्थ्य एकाई भवन अब पु्र्ण रुप मा बन्द हुने भएपछि। डाडागाउँ आधारभूत स्वास्थ्य एकाई भवन बाट पाएको सेवा सुविधा सेवाग्राहीले सेवा नपाउने भएका छन् । तर यस ठाउँ का जनता फेरि मार्का मा पर्ने भएका छन । ७ नम्बर का जनता पहिले देखि नै कफलसेरी स्वास्थ्य चौकी बाट सेवा लिदै आएका थिए । तर बिचमा ७ नम्बर कै डाडागाउँ र लुङ्गाडा को सिमाना मा डाडागाउँ आधारभूत स्वास्थ्य एकाई बाट सेवा पाए पछि । यस ठाउँ का जन्ता खुसि भएको मा पुनः मार्का मा पर्ने भएका छन् ।
यस ठाउँ बाट कफलसेरी स्वास्थ्य चौकी जान ४, ५ घण्टा लाग्ने भएको र सामान्य सिटामोल पाउन समेत गारो भएको यस ठाउँ का वासिन्दा भैरव बोहरा ले गुनासो पोखे त्यसतै अर्का एक जना लुङ्गडा का बासिन्दा विरबादुर भण्डारी पनि भन्छन नजिक मा भएको
डाडागाउँ आधारभूत स्वास्थ्य एकाई बन्द भए पछि सामान्य विरामि लाई पनि ४ ,५ घण्टा बोकेर जानुपर्ने अवस्था सिर्जना भए पछि हामी लाई सिटामोल को समेत अभाव भएको छ ।
यो डाडागाउँ आधारभूत स्वास्थ्य एकाई पुनः सुचारु को लागि नत यस वडा सरकार को ध्यान जान सक्यो न त यस ठाउँ का ठुला बडा हरु को ध्यान नै जान सक्यो यस ठाउँ का गरिव लगाएत सर्बसधारण जनताले दु : ख मात्र पाएका छन् ।
अब यो १८ लाख को लगानी मा बनेको डाडागाउँ आधारभूत स्वास्थ्य एकाई भवन वाज्जो रहने भए पछि । सरकारले त्यति लगानी गरेर बनाएको भवन अब के काममा लाग्ला स्थानीय सरकार को लापरबाही का कारण यो अबस्थामा मा पुगेको हो । सरकार ले लगानी गरेर मात्र हुदैन सद्उपयोग गर्न पनि जान्नु पर्छ ।
त्यसतै यस ठाउँ को लुङ्गडा टोल को महादेव मन्दिर को नजिक मा एउटा खानेपानीको को ट्याङ्की बनेको २ वर्ष सम्म अझै प्रयोगमा आएको छैन । खानेपानी ट्याङ्की करिब २५० घर धुरी लाई पुग्ने गरि ५० हजार लिटर को बनाएको भए पनि अझै प्रयोगमा ल्याउन सकेनन् सरकार बाट बजेट हालेर पहिले बनउछन् अनि त्यसको प्रयोग गर्दैनन् । अहिलेसम्म नत वडा सरकार को ध्यान गयो नत खानेपानी उपभोक्ता समिति को ध्यान गयो । यो त ७ वडा नम्बर को मात्र थियो । अरु ठाउँ पनि छन् यस तै बुङ्गल मा
के गरदै छ स्थानीय सरकार बुङ्गलमा के गरदै छौ यस ठाउँ का नेता भनउदा हरु कता हुनु हुन्छन् तपाई हरु अहिले ।
प्रकाशित मिति : २८ भाद्र २०८० बिहिवार