बझाङ : दार्चुला भन्सार कार्यालयले साउन महिनामा मात्रै ६ लाख भन्दा बढी राजस्व संकलन गरेको छ । चालू आर्थिक वर्ष २०८०÷०८१ को सुरुमै ६ लाख भन्दा बढी राजस्व संकलन गरेको हो । साउन महिनामा भन्सार कार्यालय दार्चुलाले ६ लाख ७० हजार ४८१ रुपैयाँ राजस्व संकलन गरेको कार्यालय प्रमुख शिवचन्द्र प्रसादले जानकारी दिए । साउन महिनामा कार्यालयले ३ लाख ४७ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा लक्ष्यभन्दा ३ लाख २३ हजार ४८१ रुपैयाँले वृद्धि भएको कार्यालय प्रमुख प्रसादले बताए ।

जुन लक्ष्यको ९३ दशमलव २२ प्रतिशत बढी हुन आउँछ । गत आर्थिक वर्षको साउन महिनामा ३ लाख ५० हजार १९९ रुपैयाँ राजश्व संकलन गरिएको थियो । यसरी हेर्दा गत आर्थिक वर्षको साउन महिनाको तुलनामा उलेख्य सुधार हुदै चालू वर्षको साउन महिनामा ३ लाख २० हजार २८२ रुपैयाँ बढोत्तरी भएको छ ।

यस्तै गत आर्थिक वर्ष २०७९÷०८० मा कार्यालयले १९ लाख ६८ हजार राजस्व संकलन लक्ष्य राखेकोमा त्यसको दोब्बर बढी ४० लाख ८१ हजार ४०२ रुपैयाँ संकलन गरेको थियो । साथै कार्यालयले चालू आर्थिक वर्षमा ५० लाख ६९ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

थप समाचार

आज पितृ पक्ष अर्थात सोह्रश्राद्ध समापन गरिँदै

असोज कृष्ण प्रतिपदादेखि शुरु भएको सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् समापन गरिँदैछ । शुरुको दिन असोज १३ गते प्रतिपदा र द्वितीया तिथि श्राद्ध गरिएको थियो आज अन्तिम दिन औँसी श्राद्ध

बत्ती निभाउन छापा मार्दै मध्यरातमा फ्रान्सेली जलवायु कार्यकर्ता

पेरिस — फ्रान्सेली जलवायु कार्यकर्ताहरू रातको समयमा विज्ञापनका बत्ती निभाउन छापा मार्दै हिँड्न थालेका छन् । उनीहरूले राति बल्ने स्टोर बत्ती, होडिङ बोर्ड र अन्य चम्किला बत्ती निभाउँदै रातिराति छापा मार्ने

साउदी अरबमा गोली चल्दा एक नेपालीको मृत्यु

बझाङ :  साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु भएको छ । बुधबार भएको यो घटनाको अमेरिका र साउदी अरबका अधिकारीहरुले पुष्टि