बझाङ : बझाङ सहित सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदैछ । पिँडालुको कलिलो पात, दूध र दही सगुनका रूपमा मान्यजन तथा छर–छिमेकीलाई बाँडेर आज सुदूरपश्चिम प्रदेशमा यो पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।

भाद्र सङ्क्रान्तिका दिन मनाइने यो पर्वको अघिल्लो दिनदेखि नै तयारी गरी हरेक घरमा मीठा–मीठा खानाका परिकार पकाउने गरिन्छ । कामका लागि घर बाहिर रहेकाहरू पनि यो चाड मनाउन आ–आफ्नो घर फर्किन्छन् ।
ओल्के पर्वमा आफ्ना मान्यजन, इष्टमित्र र छर–छिमेकीलाई सगुनका रूपमा पिँडालुको ‘गाभा’ अर्थात् कलिलो पात, हरियो साग, दूध र दही आपसमा बाँडेर सम्मान गर्ने तथा आशीर्वाद साटासाट गर्ने विशिष्ट खालको मौलिक परम्परा सुदूरपश्चिम प्रदेशमा वर्षौैँदेखि कायम छ ।
ओल्के पर्वका दिन विवाहिता छोरीलाई माइतीमा निम्तो गरी पुरी, बावर, माणा, निसौसे, गतानी डुब्कालगायत डोटेली खानाका मीठा परिकार खुवाउने चलन छ । यस पर्वमा भँगेरी प्रजातिको फूलको बोटका पात टिपेर सिलौटामा पिसेर बनाइएको लेदोबाट हत्केला र खुट्टाको औँला रङ्ग्याइ रमाइलो गर्ने गरिन्छ ।

यसरी पिसेर लगाइएको भँगेरीको लेदोबाट हत्केला र खुट्टाको औँलाको छाला रातो हुने भइ यसले वर्षातको मौसममा खेतबारीमा काम गर्दा हात र खुट्टामा देखिने छालासम्बन्धी रोगको सङ्क्रमणबाट बच्न सकिने विश्वास छ ।

ओल्के पर्वको अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशभरि सार्वजनिक बिदा दिएको छ ।

यस्तै आजै बुढी हाल्ने पर्व पनि मनाइदै छ । ओल्के संक्रान्तिका दिन गाँउ नजिकका अग्लो टाकुरामा सबै जना मिलेर रूखका हांगा बिंगा झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । यो थुप्रोलाइ स्थानिय भाषामा “बुढी हालेको’’ भन्ने गरिएको छ । यो बूढीलाइ असोज संक्रान्तिका साँझ प्रत्येक घर,घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर ’बूढी पोल्ने’ पर्व मनाउने परम्परा रहेको छ । यस अनुष्ठानलाइ द्वापरकालिन मथुराकी पुतना को कथासङ्ग पनि जोडिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

थप समाचार

महासचिव गुटेरेसको सुरक्षामा आधार शिविरमा खटिएका प्रहरी असईको लेक लागेर मृत्यु

बझाङ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षामा खटिएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) टिकाराम ढुंगानाको मृत्यु भएको छ। महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविर पुग्ने भएकाले उनी सुरक्षाका लागि गत शनिबार त्यहाँ

बुङ्गल नगरपालिका वडा नम्बर ७ मा डाडागाउँ आधार भुत स्वास्थ्य एकाई बन्द हुदा सिटामोल पाउन पनि ४,५ घण्टा पैदल यात्रा गर्न बाध्य नेपाल सरकार को लगानीमा बनेका हजारौं संरचना अझै प्रयोगमा आएनन्

बझाङ जिल्ला बुङ्गल नगरपालिका वाड नम्बर ७ को डाडागाउँ टोल र लुङ्गडा टोलको सिमाना मा रहेको डाडागाउँ आधारभूत स्वास्थ्य एकाई दुई महिना देखि बन्द रहेको छ । उक्त डाडागाउँ आधारभूत