बझाङ : बझाङ जिल्ला को बुङ्गल नगरपालिका –वडा नं ३ रन्लेककी मृर्गौला पीडित मिना धामीलाई आर्थिक अभावको कारण उपचारमा समस्या भएको छ । दुवै मृर्गाैला फेल भएर मृत्यु संग लडिरकी १८ वर्षीया धामी कैलालीको धनगढि स्थित सेती प्रादेशिक अस्पतालको शैयामा उपचार गराई रहेकि छन् ।
परिवारको आर्थिक अबस्था कमजोर भएका कारण उनि संग डायलाइसिस पनि गर्न खर्च नभएपछि अस्पताल बाट घर पठाउनु पर्ने अबस्थामा रहेको बताईएको छ । पिडित धामीका बुवा अपांग छन् । घरमा भएको सम्पूर्ण सम्पत्ति उपचारको क्रममा सकिएको र गरीब तथा विपन्न परिवारकी धामीको उपचार खर्च जम्मागर्ने कुनै आधार नरहेको उनका बुवा प्रभते धामीले बताउनु भएको छ। पेट दुख्ने समस्या लिएर हस्पिटल गएकि उनलाई जाँच गर्दा डाक्टरले दुबै मृगौला फेल भएको बताएपछि अहिले सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेको पीडित धामीे ले दु:खेसो पोखिन्
डाक्टरको सल्लाह अनुसार दुवै मृर्गौला प्रत्यारोपण गर्न करिब १७/१८ लाख खर्च लाग्छ । तर आफुसँग उक्त रकम नभएको धामीले बताइन् । मृत्यु संग लडिरहेकी धामीले आफु बाच्न चाहेकोले आफुलाई बचाउन अरु कुनै पनि स्रोत नभएको ले विभिन्न संघ संस्था देश बिदेशमा बस्नु हुने सबैमा सहयोगको आग्रह गरेकी छिन् ।
अहिले उनलाई बचाउनको लागि आर्थिक संगलन अभियान चलाएर सबैले आ–आफ्नो तर्फ बाट सकिने सहयोग गरेका छन् । सहयोग गर्न चाहानेहरुलाई पिडित धामीको दाजु दिपक धामीको नाममा एन आई सी एसीया बैंकमा रहेको खाता नं ०९१५७५२७६५०८५००१ मा जम्मा गर्न र ई सेवा नम्बर ९८६५८१९१६१मा जम्मा गरिदिन हुन सबै मा अनुरोध गरेका छन् ।
तपाई को सानो सहयोग ले कसैको जीवन बच्छ भने पछि नहट्नु होला ।